महासचिव पोखरेलको प्रश्नः गोदाममा छापामार्न १० दिन किन लगाइयो ?

काठमाडौँ, ११ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले १५५ केजी सुन प्रकरणमा संलग्न रहेको कम्पनीको गोदाममा छापामार्न किन १० दिन लगाएको भनि सरकारसँग प्रश्न गर्नुभएको छ ।

गोदाममा १० दिनपछिमात्र छापामार्नुमा अर्को षड्यन्त्र भएको हुन सक्ने आशंका व्यक्त गर्दै महासचिव पोखरेलले १० दिन पछिमात्र छापामार्नु अनुसन्धानको प्रकृयामाथि चलखेल हुन सक्ने संकेत गर्नुभयो । उहाँले उक्त विषयमा संसद अझ बढी गम्भीर र जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘१० दिन पछि सुनतस्करी गर्ने मजदुरका नाममा दर्ता भएको कम्पनीको गोदाममा छापा मार्दा फेला परेको व्रेक सु मा सुन फेला पर्ने कुनै सम्भावना रहदैन होला । तर व्रेक सु को भिडियो फुटेज र तौल समेतका आधारमा कति सुन तस्करी भएको रहेछ भन्ने अनुमान भने गर्न सकिन्छ होला । तर कम्पनी दर्ता नै जालसाजीपूर्ण रहेको तथ्य सार्वजनिक भएको स्थितिमा गोदाममा छापामार्न दस दिनको समय किन लगाइयो भन्नेको प्रश्नको घेरामा अनुसन्धान प्रकृया अवश्य परेको छ । अहिलेसम्मको ठुलो मानिएको सुन तस्करीको विषय संसदमा प्रवेश भएको छ । यस्तो विषयमा संसद अझै गम्भीर र जिम्मेवार हुन सक्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका