कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदनमाथि आज फैसला आउने

काठमाडौँ, ११ साउन । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला आज आउने भएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएसँगै बिहीबार फैसला सुनाउने भएको हो । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ