धरानमा डेंगुका कारण ७ जनाको मृत्यु

धरान, १० साउन । धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ ।  जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ ।

यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको दावी गरेको छ । धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय