नेप्से सूचक ८.११ अंकले घट्यो

काठमाडौँ, १० साउन । मौद्रिक नीतिपछि लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ८.११ अंकले घट्दै २१ सय ५६.२० अंकको विन्दुमा ओर्लिएको छ । आजसम्म गरी तीन दिनमा ७० अंकमाथिले नेप्से सूचक घटेको हो । 

नेप्से सूचकमा गिरावट आउँदै गर्दा यता कारोबार समेत खस्किन पुगेको छ । नेप्सेका अनुसार आज ८ अंकले घटेको बजारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ । 

आज १३ वटा उपसूचकमध्ये फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् । किसान लघुवित्त वित्तीय संस्थका सेयरधनीले आज अधिकतम ६.९६ प्रतिशतले कमाएका छन् भने जाल्पा सामुदायिक वित्तीय संस्थाका सेयरधनीले ६.४९ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज