कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौँ, १० साउन । प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाका आजको बैठकमा बोल्दै सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू यो विषय उठाएर आमरण अनसन बस्ने बताए ।

उनले भने, ‘उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपर्थ्यो, समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपर्थ्यो । होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ