काठमाडौँ, १० साउन । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले १ वर्षका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।
२०८० साउन १६ गतेदेखि आगामी वर्ष २०८१ साउन १६ गतेसम्म कूल ३६५ दिन मुद्दती निक्षेपमा राख्ने बैंकले जनाएको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले साउन १२ गते बेलुका ७ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।