डेंगी फैलिने क्रम तीब्र

काठमाडौँ, १० साउन । देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७ सय ५४ जना डेंगीका विरामी रहेका छन् ।

त्यस मध्ये पनि धरानमा मात्रै विरामीको संख्या दुई हजार माथि रहेको छ ।यस्तै, मधेश प्रदेशमा २२ जना, बागमती प्रदेशमा ७ सय ७६ जना, गण्डकी प्रदेशमा ३ सय ४४ जना, लुम्बिनी प्रदेशमा १ सय ६६, कर्णाली प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ डेंगीका बिरामी रहेका छन् ।

डेंगीबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र ३ हजार ६ सय ७१ बिरामी रहेका छन् । सुनसरी २ हजार ५ सय ४२, धादिङमा ४ सय १, कास्कीमा २ सय ५, दार्चुलामा १ सय ९०, काठमाडौँमा ८०, संखुवासभामा ६४, म्याग्दी ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जना बिरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ