अर्थ मन्त्रालय र विभागले बुझेनन् भन्सारको संवेदनशीलता

काठमाडौँ, १० साउन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अन्यन्तै संवेदनशील निकायको रूपमा रहेको भए पनि सो निकाय डेढ महिनादेखि नेतृत्वविहीन राखिदा सुन तस्करी गर्ने गिरोहले सहज वातावरण पाएको देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल लामो समयदेखि विदामा बसेको अवस्थामा नै सय किलो सुन तस्करी भएको थियो । यसमा भन्सार विभाग र अर्थ मन्त्रालयले समेत भन्सार कार्यालयको संवेदनशीलतामाथि ध्यान दिन नसक्दा तस्करी गर्ने गिरोहलाई सहजता भएको स्रोतको दाबी छ ।अर्थ मन्त्रालय, भन्सार विभाग र त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबीच नियमित समन्वय हुनपर्नेमा त्यस्तो पनि हुन नसकेको पाइएको छ ।’ अर्थ मन्त्रालयका एक पूर्वसचिवले नेपाल समाचारपत्रसँग भने– ‘भन्सार निकायहरू अन्त्यन्तै चुस्त दुरुस्त र ‘चेन अफ कमान्डमा राखिनुपर्छ, किनकि ती सबै निकाय निकै संवेदनशील निकाय हुन् ।’ ती पूर्व सचिवले सय किलो सुन तस्करीको विषयले भन्सारका सबै निकाय र अर्थ मन्त्रालयको शिर निहुरिने अवस्था आएको बताए ।

उनले यो विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र विमानस्थलको भन्सार कार्यालयको गम्भीर त्रुटि रहेको दाबी गरे । विमानस्थल भन्सार कार्यालयलाई लामो समयसम्म निमित्तको भरमा राख्न नहुने र त्यसो गर्दा तस्करको मनोबल बढ्न सक्ने ती सचिवको दाबी थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय