एमालेले तोक्यो ६ प्रदेशको अधिवेशन

काठमाडौँ, ९ साउन । नेकपा (एमाले)ले ६ वटा प्रदेशको अधिवेशन मिति तोकेको छ ।

पार्टी संगठन विभाग काशिनाथ अधिकारीका अनुसार असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय भएको छ ।

गण्डकी प्रदेशकाे मात्रै अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले बताएको छ । कोशी प्रदेश कमिटीले आगामी असोज १२ र १३ गते अधिवेशन गर्ने गरी मिति तय गरेको छ ।

मधेश प्रदेश कमिटीले असोजको ५ र ६ गते अधिवेशनको तयारी गरेका छन् । वाग्मती प्रदेशले ८ र ९ गते अधिवेशन गर्ने गरी मिति घोषणा गरेका छन् । कर्णाली प्रदेशले भदौको २९ र ३० गते र सुदूरपश्चिमले भदौको २२ र २३ गते गर्ने गरी मिति टुंगो लागेको छ । लुम्बिनीको भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज