शीर्ष नेताको सम्पत्ति छानबिन हुनैपर्छ : मन्त्री गुरुङ

काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताए । भ्रष्टाचारका ठूल्ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेलाई कानुनी कठघरामा उभ्याउने उनले बताए । निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको परवाह नरहेको उनको भनाइ छ ।

उनले भने, “भ्रष्टाचारका ठूलाठूला काण्डहरुको फाइल खोल्दै खोल्दै जाने हो, प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको छु– प्रधानमन्त्रज्यू, अघि बढ्नुस् । जो जो पर्छन् पर्छन्,” “कांग्रेस, एमाले, माओवादी को पर्छन् थाहा छैन । भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने हो ।” गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५औँ अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा