नेपालबाट ४४ करोड ३१ लाखभन्दा बढीको यार्सागुम्बा निर्यात

काठमाडौँ, ९ साउन । नेपालले पछिल्लो एक वर्षको अवधिमा ४४ करोड ३१ लाख ९१ हजार रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा नेपालले उक्त रकम बराबरको यार्सागुम्बा निर्यात गरेको हो । २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको ६८३ केजी यार्सागुम्बा नेपालले निर्यात गरेको विभागले जनाएको छ ।

नेपालले कम्बोडिया, चीन, फ्रान्स, जर्मनी, हङकङ, इटाली, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, ताइवान, बेलायत, अमेरिका र भियतनाममा यार्सागुम्बा निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ