नेप्से परिसूचक ३६.१९ अंकले घट्यो

काठमाडौँ, ९ साउन । सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।

आज नेप्से परिसूचक ३६.१९ अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको आइतबार दिन नेप्से ६३ अंकले बढेको थियो ।आज नेप्से परिसूचक १.६४ प्रतिशतले घटेर २१६४.३१ विन्दुमा बन्द भएको छ । सोमबार पनि नेप्से साढे २६ अंकले घटेको थियो ।

आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६७ धितोपत्रको दुई अर्ब ९१ करोड सात लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य सोमबार पनि १० प्रतिशतले नै वृद्धि भएको थियो । आज यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५८ रुपैयाँ ३० पैसा कायम भएको छ ।

आज सर्वाधिक रकमको सेयर कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको सेयर मूल्य आज ७.७४ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूच १.२२ प्रतिशतले वृद्धि भएको छ ।  

सर्वाधिक परिसूचक घट्नेमा वाणिज्य बैंक समूह रहेको छ । यस समूहको परिसूचक २.७५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ