सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरको अवरोध

काठमाडौँ, ९ साउन । सार्वजनिकस्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ स्थित शंखमूल घाटमा स्थानीयले गरेका ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’मा अवरोध गरिएको हो ।

स्थानीयले सो स्थानमा यही साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।

पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृति समेत नलिई गरिएको भन्दै नगर प्रहरी प्रमुख पाण्डेले स्वीकृति लिएर मात्र कार्यक्रम गर्न आग्रह गरे । उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्र गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ