रुसले युक्रेनका अन्न भण्डारलाई लक्षित गरी आक्रमण

एजेन्सी, ९ साउन । रुसले युक्रेनका अन्न भण्डारलाई लक्षित गरी आक्रमण गरेको छ । रुसले ओडेसा शहरको बन्दरगाह क्षेत्रमा ड्रोन हमला गरेको छ ।

करिब चार घण्टासम्म गरिएको आक्रमणबाट अन्न डिपोहरु नष्ट भएको र चार जना श्रमिक घाइते भएको बीबीसीले जनाएको छ ।

यसैगरी युक्रेनले रुसले कब्जा गरेको क्राइमियामा ड्रोन आक्रमण गर्दा दुई वटा भवनमा क्षति पुगेको छ । रुसले यही जुलाई १७ तारिखमा युक्रेनसँगको अन्न निर्यात सम्बन्धी सम्झौता रद्द गरेको घोषणा गरेको थियो । त्यसयता रुसले युक्रेनका अन्न डिपोहरुलाई निशाना बनाएर आक्रमण गर्दै आएको बीबीसीले जनाएको छ । अधिकारीहरुका अनुसार एक साताको बीचमा रुसको आक्रमणबाट ६० हजार टनभन्दा बढी अन्न नष्ट भइसकेको छ ।

यसअघि रुस र युक्रेनबीच लडाइँ जारी रहे पनि युक्रेनलाई ब्ल्याक सी हुँदै अन्न निर्यात गर्न दिन रुसले सहमति जनाएको थियो । युक्रेनले सूर्यमुखी, मकै, गहुँ र कोदो निर्यात गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका