तिनाउ नदीमा जलसतह खतराकाे तहमाथि

काठमाडौँ, ९ साउन । नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ ।

विनयीलगायत स–साना खोलाहरूको बहाव बढेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूले सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । र, जल सतह अझै बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा बस्न महाशाखमले आग्रह गरेको छ । 

नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भएर बहने स–साना नदी तथा खोलामा बाढी आएको छ । तिनाउ नदीका सहायक, पश्चिम राप्ती नदीका सहायक नदीहरूमा आकस्मिक बहाव भएकाले जोखिमबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका