२६ अंकले घट्यो नेप्से

काठमाडौँ, ८ साउन । आइतबार उत्साहित भएका लगानीकर्तामा सोमबार उक्त उत्साह कायम रहेन । जसले गर्दा नेप्सेमा ४९.९७ अंकको उतारचढावका बीच २६.६६ अंकको गिरावट भएको छ ।

आज नेप्सेमा गिरावटपछि नेप्से २२००.०५ को बिन्दुमा बन्द भएको छ । लगातार बढ्दो क्रममा रहेको वाणिज्य बैंकहरुको सेयर मूल्यमा नै उच्च गिरावट हुँदा सोमबार नेप्से पनि घटेको छ । वाणिज्य बैंकको बैंकिङ उपसूचक २ प्रतिशतले गिरावट भए पनि सोही समूहको ग्लोबल आईएमई बैंकको सेयरमूलय भने ३.६३ प्रतिशतले बढेको छ ।

सोमबार अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा विकास बैंक उपसूचक सर्वाधिक ३.५ प्रतिशत र व्यापार उपसूचक २.९२ प्रतिशतले गिरावट भएको छ । यता अन्य उपसूचक २.८७ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक ०.९५ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने करिब पौने ५ अर्ब पुगेको छ । लगातार बढेको बजारमा कतिपय लगानीकर्ताले नाफा बुक गरेको विश्लेषण गरिएको छ ।  सानो कर्जामा मात्रै जोखिम भार घटेको हुँदा बजारको वृद्धि दिगो नहुने विश्लेषणका आधारमा पनि लगानीकर्ताले शेयर बेचेको देखिन्छ। उतारचढावबीच नेप्सेमा कारोबार उच्च भएकाले सेयर खरिदकर्ता पनि सक्रिया रहेको देखिन्छ ।

सोमबार नेप्सेमा लगानीकर्ताको आकर्षण नेपाल पुनर्बीमा कम्पनीमा देखिएको छ । कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकम पनि सर्वाधिक २५ करोड ५७ लाखको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको १९ करोड र प्रभु बैंकको १५ करोड २० लाखको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २१९ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६३ कम्पनीको सेयरमूलयमा गिरावट हुँदा ५० कम्पनीकधो सेयरमूल्य बढेको छ । यस्तै ६ कम्पनीको सेयरमूलय स्थिर छ । सोमबार किसान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुादा सर्वाधिक रकमको सेयर किनबेच भएको नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ४.१० प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय