सम्पदाहरूको संरक्षण गर्न सरकार गम्भीर छ : मन्त्री किराँती

बुटवल, ८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले  विभिन्न सम्पदाहरूको खोजी गरी संरक्षण  गर्न सरकार गम्भीर रहेको बताएका छन् । 

लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमा नै संरक्षण गर्नुपर्ने बताए। मन्त्री किराँतीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताए । पुर्खाले छाडेर गएका सम्पदाहरूको खोजी गरेर सम्पदालाई सम्पदाकै रूपमा विकास गर्ने नीति सरकारले लिने मन्त्री किराँतीले रहेको बताए ।

ऐन नियमहरूलाई समयअनुकल बनाउन पुनर्लेखन र संशोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरी संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरूमा देखिनेगरि परिणाममुखी काम गर्ने र आधारभूत रूपमा भएका कामहरूको मसिनो गरी फलो अप गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ