सर्पदंशबाट एक किशोरको मृत्यु

दाङ, ८ साउन । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–४, पेदीखोला घर भई शान्तिनगर गाउँपालिका–७ स्थित मामाघरमा बस्दै आएका मनोज वली रहेका छन् ।

गए राति १ बजेतिर सर्पले टोक्दा उनी गम्भीर बिरामी भएका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । उनका अनुसार वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो ।

यस्तै, गएको शुक्रबार सर्पको टोकाइबाट शान्तिनगर–३, बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको मृत्यु भएको थियो । शुक्रबार दिउँसो घर्तीलाई घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सर्पदंशबाट पछिल्ला चार दिनमा दुईजनाको मृत्यु भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय