१९ राउण्ड गोलीसहित भारतीय युवक पक्राउ

पर्सा, ८ साउन । शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित एक जना भारतीय युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-८ भानुचोकबाट भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई आइतबार राति पक्राउ गरेको हो । 

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा उनले बोकेको झोला फाली भागे पश्चात् झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो । तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ ।

काठमाडौँ, ८ असोज । आज २०८० साल असोज ८ गते सोमबारको राशिफल । मेषः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग

सिरहा, ७ असोज । सिरहाको सिरहा नगरपालिका–२२, सागरपुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा