‘प्रधानमन्त्रीको सल्लाहकार हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ, ७ साउन । ‘प्रधानमन्त्रीको सल्लाहकार हुँ’ भन्दै ठगी कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले ४५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा काठमाडौंको नागार्जुन ८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र नागार्जुन ८ का २३ वर्षीय बिशाल खनाललाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरुले ‘प्रधानमन्त्री सुशासन सल्लाहकार तथा प्रमुख नेताहरुसँग चिनजान रहेको भनी विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वाश दिलाएर विभिन्न कागजातमा सहीछाप गराएर’ उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी समेत जारी भएर ना४च ८६७० नम्बरको स्कोरपियो जिपसहित फरार रहेका दुवैजनालाई कोटेश्वरबाट पक्राउ गरेर थप अनुसन्धान एवं कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज