सुदूरपश्चिममा गत आवमा दुई सय ४९ सवारी साधन दुर्घटना

बैतडी, ७ साउन । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका थिए । आव २०७८/७९ भन्दा आव २०७९/८० मा आधाभन्दा कम दुर्घटना भएको  प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ  ।

आर्थिक वर्ष २०७८/७९ मा यहाँ पाँच सय एक सवारी साधन दुर्घटनामा परेकामा गत आवमा घटेर दुई सय ४९ पुगेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा नायव प्रहरी उपरीक्षक नेत्रमणि गिरीले  जानकारी दिए । यस्तै  आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधन दुर्घटनामा परेका थिए । सवारी दुर्घटना कमी भएसँगै अङ्गभङ्ग र मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ । आव २०७९/८० मा यहाँ दुईसय ४९ सवारी साधन दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको र चार सयजना ६३ घाइते भएका थिए ।  

आव २०७८/७९ मा पाँच सय एक सवारी साधनको दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधनको दुर्घटनामा एकसय ८६ जनाको मृत्यु भएको र सयौंँ अङ्गभङ्ग भएका थिए । ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक गिरीको जिकिर थियो । उनले भने,“ट्राफिक प्रहरी सडकमा बढी खटिएकोले सवारी दुर्घटनामा कमी आएको हो । हामीले गरेको जनचेतनामूलक कार्यक्रम पनि फलदायी भएको छ ।” 

गत आवमा प्रदेशभरि चार हजार ६३ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा तीन हजारले बढी रहेको छ । अघिल्लो आवमा एक हजार मात्रै जनचेतनामूलक कार्यक्रम गरिएको थियो । प्रहरी नायब उपरीक्षक गिरीले भने,“हामीले दुर्घटना न्यूनीकरणकै लागि भनेर एक वर्षमा चार हजार बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन ग¥यौँ, त्यसले पनि दुर्घटना कम भएको हामीले महसुस गरेका छाँंै ।” सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम बस दुर्घटनामा परेका थिए ।  

सवारी साधनको दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँच, टाइम कार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको उनको भनाइ थियो । दुर्घटना न्यूनीकरणका लागि विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेलाबेलामा सचेत गराउने कार्य पनि प्रहरीले गरेको छ । प्रहरी नायब उपरीक्षक गिरीले भने,“नियमित जाँचसँगै जनचेतनामूलक सन्देश पनि दिँदै आएका छौँ, प्रदेशभरि विभिन्न सडकखण्डमा सचेतनामूलक होडिङ बोर्ड राखेका छौँं, चालकसँग एक मिनेट  कार्यक्रम पनि सञ्चालनमा छ ।” दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु, सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालकको दुवैको लापरबाही बढ्नु र सडकको अवस्थालगायत कारण रहेका छन् । दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधारको खाँचो रहेको उनले  बताए । 

कारबाहीबाट साँढे ६ करोड राजस्व सङ्कलन 

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट करिब साँढे छ करोड राजस्व सङ्कलन भएको छ ।  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट छ करोड ४२ लाख १२ हजार राजस्व सङ्कलन भएको हो । सो रकम आर्थिक वर्ष २०७८/७९ भन्दा एक करोडले बढी हो । उक्त आर्थिक  वर्ष रु पाँच करोड ४१ लाख ९४ हजार राजस्व सङ्कलन भएको थियो । 

प्रदेशमा गत आवमा १५ हजार नौ सय ६० नयाँ सवारीसाधन दर्ता समेत भएका थिए ।  सवारीसाधन थपिँदै गए पनि ट्राफिक प्रहरीको उपस्थिति बढी हुनाले राजस्व सङ्कलन बढेको जनाइएको छ । सुदूरपश्चिममा एकसय ८८ जनाको दरबन्दी रहेकामा हाल दुई सय ६३ ट्राफिक प्रहरी कार्यरत छन् । प्रदेशभरिका नौ जिल्लामा गरेर ५५ वटा ट्राफिक इकाई छन् । 

यस प्रदेशको कैलाली, कञ्चनपुर र डोटीमा चालु आर्थिक वर्षदेखि ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) प्रणाली लागू गरिएको छ । सवारी नियम उल्लङ्घनका कसुरको जरिवानाबापत रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्न यो प्रणाली लागू गरिएको प्रमुख गिरीको भनाइ थियो  । उक्त प्रणालीका  आधारमा कारबाही कारबाही हुनाका साथै सवारी नियम उल्लङ्घनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारबाहीमा परेको विवरण देशभरबाटै हेर्न सकिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ