आ-आफ्नो पसल थापेर बसेका कम्युनिष्टहरुलाई एकतावद्ध गर्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् । 

आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्यनिष्ट पार्टीहरु आफ्नो आफ्नो पसल थापेर बसेको बताए । तर, ती थापिएका सबै कम्युनिस्ट पसललाई सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको उनको भनाइ छ । 

उनले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो । सबै कम्यनिष्ट पार्टीहरु आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुत पनि हामीले हरेक खानु हुँदैन । उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ । जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्नसक्छौँ । त्यत्ति धेरै उर्जा पैदा गर्नसक्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्शान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकतावद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्