भक्तपुरमा कांग्रेस जनप्रतिनिधिको कामः ‘तीन महिनामा ड्याम, रकम झ्याम’

भक्तपुर, ६ साउन । संघीय लोकतान्त्रीक व्यवस्थासँगै जनतासँग सवैभन्दा बढी प्रत्यक्ष सम्पर्क र सहकार्यमा रहने र जनताको सुख दुखको साथी भनेको नै स्थानीय तह हो । जोसँग जनताको संघीय तथा प्रदेश सरकारभन्दा बढी आसा र भरोसा लिएका हुन्छन् । विकासमा होस, यात जनतालाई आवश्यक सेवा सुविधामा होस् । तर जिल्लाको चाँगुनारायण नगरपालिकामा भने त्यस्तो नभएको पाइएको छ ।

नगरपालिकाका वडा नं. ८ स्थित विन्दावासिनी मन्दिर पछागीको पर्खाल निर्माणको लागि १० लाख बजेट छुट्याइयो । उक्त पर्खाल निर्माण गर्न स्थानीय समितिलाई जिम्मा दियो । समितिले कलमसी कल्पेसोर निर्माण सेवालाई उक्त पर्खाल निर्माण गर्न जिम्मा दियो । समितिका अध्यक्ष विकास तिमिल्सिना हुनुहुन्छ भने निर्माण गर्ने जिम्मेवारी राजेश नेपाल र आर्यन नेपालले जिम्मा लिनुभएको थियो । सोही अनुसार निर्माण भयो तर अत्यन्तै कमसल काम भयो । पर्खाल निर्माण गरिएको तीन महिना पनि नपुग्दै भत्किएको छ । रकम भने निकासा गरिसकिएको छ ।

पर्खाल कमसल सामाग्रीहरु प्रयोग गरी बनाएकाले भत्किएको जानकारी वडाध्यक्ष जनक खत्रीलाई स्थानीयवासीले जानकारी गराए । तर वडाध्यक्ष खत्रीले निर्माण कम्पनीकै सपोर्ट गर्ने गरेर स्थानीयवासीलाई पन्छाउने कार्य गरेको गुनासो व्यक्त गरिएको छ । एक स्थानीयवासीले भने, ‘कमसल सामाग्रीको प्रयोग गरी पर्खाल निर्माण गरियो । तीन महिना पनि नटिक्दै भत्कियो भनेर हामीले वडाध्यक्षलाई जानकारी दियौं तर वडाध्यक्षले हाम्रो भन्दा पनि निर्माणकर्ताको नै समर्थमा कुरा गरी यो विषयलाई यहि विट मारौं भनि हामीलाई पन्छाउनुभयो । पानी परेकाले यस्तो भएको हो भन्दै वडाध्यक्ष जनक खत्रीज्यु पन्छिुनभयो । भवितब्य गयो, अब विवाद नगरौं भनेर अध्यक्षले भन्नुभयो ।’

पानी परेर त्यस्तै हो भन्दै अब उक्त पर्खाल नबनाउने वडाध्यक्षले बताउनुभएको स्थानीयवासीको गुनासो रहेको छ । जनताले सोही रकममा बनाउनुपर्ने माग गरेका छन् । जनताको करबाट प्राप्त रकमलाई दुरुपयोग गर्नु नहुने भन्दै स्थानीयवासीले कांग्रेसको नेतृत्वका जनप्रतिनिधिविरुद्ध आक्रोस पोखेका छन् । ति स्थानीयवासीले भने, ‘‘कांग्रेसको कामः ‘तीन महिनमा भत्किएर ड्याम, रकम झ्याम’ भयो । हाम्रो करबाट उठेको रकमले विकास गर्ने हो तर विकासको नाममा कसैलाई पालन पोषण गर्ने हैन ।’’ अध्यक्ष खत्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन ।

एक निसान गाडीको ढुंगाले पर्खाल विगारेको भनेको भनि निर्माण कम्पनी तथा वडाध्यले बताएको सथनीयवासीको भनाइ रहेका छ । एक निसान गाडीको ढुंगाले दशौं लाखमा निर्माण गरिएको पर्खाल भत्कियो भन्ने कुरात बच्चाको जस्तो भयो, एक स्थानीयवासीले भने । पचासौं टनको गाडी हिड्ने सडकमा एक निसान गाडीको तौलले पर्खाल भत्काउँछ ? भनि स्थानीयवासीको प्रश्न रहेको छ ।

पर्खाल पनि एउटा एउटा ढुंगा गरी लडेको छ । काम नै कमसल गरेको पर्खाल लडेको स्पष्ट देख्न सकिन्छ । पर्खालमा सिमेन्टको प्रयोग समेत पातलोमात्रामा गरिएको छ भने भित्र माटो मात्र प्रयोग गरि निर्माण गरिएको छ । सोही क्रममा स्थानीयवासीले कमसल सामाग्रीको प्रयोग गरी रकमको दुरुपयोग तथा भ्रष्टाचार गरेको भनि अख्तिायार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका