इटहरीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु 

विराटनगर, ६ सान । सुनसरीको इटहरीमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इटहरी १६ बस्ने करण चौधरी, सोही स्थानका शम्भु चौधरी र अनिनेश चौधरी छन् । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल र पिकअप शुक्रबार राति १०ः४० बजे  ठोक्किएका थिए ।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।  उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । पिकअप चालक भारत दार्जिलिङ निवासी  गोविन्द वरमुन प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ