वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था

चितवन, ६ साउन । चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७९-८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो । माडी नगरपालिका–१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिकाले विनियोजन गरेको रु पाँच÷पाँच लाखको लागतमा सो व्यवस्था गरिएको हो ।

वाल्मीकि क्षेत्रका सात ठाउँमा खानेपानीको धारा निर्माण गरिएको माडी–१ का वडाध्यक्ष अमितकुमार लामाले बताए । उनका अनुसार महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ । यसअघि चापाकलको पानी खानुपर्ने बाध्यता रहेको थियो ।

वाल्मीकि आश्रम क्षेत्रमा बाह्र घरपरिवार बस्दै आएका छन् भने मन्दिरका पुजारीका परिवार, जनपथ प्रहरी, सशस्त्र प्रहरी र  चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी बस्दै आएका छन्  । यहाँ दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । नेपालबाट भन्दा धेरै भक्तजन भारतबाट दर्शनका लागि आउने गरेको वडाध्यक्ष लामाले बताए । उनले वाल्मीकि आश्रम नेपालकै महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक तीर्थस्थल रहेकाले वडाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिए । उनले सडक र बिजुली बत्तीको व्यवस्थापनको काम बाँकी रहेको भन्दै यो आवमा गरिने बताए ।

वाल्मीकि आश्रम पुग्न नवलपरासी पश्चिमको त्रिवेणीबाट झोलुङ्गे पुल निर्माण गरिएको छ तर सञ्चालनमा आएको छैन । पुलबाट ४१ सय मिटर बाटो बनाउनुपर्ने जनाउँदै उनले यस वर्ष बजेट विनियोजन भएको जानकारी दिए । चितवनको माडी नगरपालिकामा रहे पनि आश्रम जानको लागि नेपालको भूमिबाट बाटो नहुँदा आश्रमको विकास हुन सकेको छैन  । आश्रम जानको लागि भारतको भूमि प्रयोग गरेर जानुपर्ने भएको कारण पनि आश्रममा नेपालीभन्दा भारतीय बढी आउने गरेको स्थानीय राम सुवेदीले बताए । 

महर्षि वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनवास जाँदा यहाँ पुगेको र लव, कुशलाई जन्म दिएको विश्वास गरिन्छ । यहाँ महर्षि वाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाण यत्रतत्र छरिएर रहेको र त्यसको संरक्षण हुन नसकेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्