सञ्चार विधेयक ल्याउन छलफल जारी छ : मुख्यमन्त्री पाण्डे

कास्की, ६ साउन । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको सञ्चार विधेयक ल्याउन सञ्चारकर्मीसहित अन्य सरोकार पक्षसँग छलफल भइरहेको बताएका छन् ।

क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित स्व.हरिशचन्द्र वाग्ले क्रियाशील पत्रकारिता पुरस्कारद्वारा पत्रकार सोनी शर्मालाई सम्मान गर्दै उनले सञ्चार विधेयक आएसँगै गण्डकी प्रदेशको पत्रकारिता थप मर्यादित हुने विश्वास व्यक्त गरे । “पत्रकारिता क्षेत्रबाट कुनै निर्दोष व्यक्तिको चरित्र हत्या नहोस्”, मुख्यमन्त्री पाण्डेले भने, “पत्रकारिता गर्दा धेरै सोच विचार गरेर मात्र गर्नुहोस् ।” केही गलत पत्रकारकै कारण पत्रकारिता क्षेत्र नै बदनाम भइरहेकाले  मर्यादित र सत्यतथ्यमा आधारित पत्रकारिता गर्न उनले सुझाव दिए ।

गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले पछिल्ला वर्ष पत्रकारितामा महिला सहभागिता बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सबैको साथ सहयोग आवश्यक पर्ने बताइन् । प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकार आचारसंहिताको पालना गर्दै पत्रकारिता अगाडि बढाउनुपर्नेमा जोड दिइन् । सो अवसरमा नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, जमुना शर्मा, कृष्णप्रसाद बास्तोलालगायतले पत्रकारले भोग्दै आएका समस्यबारे जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ