चट्याङ लागेर वडा सदस्यको मृत्यु

रोल्पा, ५ साउन । चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको निधन भएको छ ।

चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ । चट्याङकौ अर्को घटनामा थप २ जना घाइते भएका छन । सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय