काठमाडौँ, ४ साउन । बजेट कार्यान्वनका लागि अर्थमन्त्रालयले ८१ बुँदे मार्गदर्शन जारी गरेको छ ।
बिहीबार मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको हो।
चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमार्फत निर्देशन दिएको छ ।
1689838834_मन्त्रालय-२०८०८१