नेपाली सेनाको सङ्ख्या कुनै पनि हालतमा घटाउनु हुन्नः बामदेव गौतम

काठमाडौँ, ४ साउन । राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । 

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क गरे । बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको सङ्ख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे । 

त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पु¥याउने सांसद गौतमले तर्क गरे । उनले गौरवगाथाले भरिएको नेपाली सेनाको सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको सङ्ख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ