काठमाडौँ, २४ असार । राष्ट्रिय परिचयपत्र (एनआईडी) लिन जाँदा केहीले पुनः बायोमेट्रिक्स दिनुपर्ने भएको छ ।
प्राविधिक समस्याका कारण यस्तो गर्नु परेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रको लागि सुरुमा फाराम भर्दा नै सम्बन्धित निकायले बायोमेट्रिक्स लिने गर्छ ।
तर केही व्यक्तिको बायोमेट्रिक्समा समस्या देखिएकोले एनआईडी लिनजाँदा पुनः लिनु परेको गृहले जनाएको छ ।