बागलुङ, २४ असार । बागलुङमा एक जना नाबालिग बलात्कृत भएकी छन् ।
बागलुङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।