विषालु च्याउ खाँदा एकै घरका चार जना बिरामी

दैलेख, २४ असार । दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घर चार जना बालबालिका बिरामी परेका छन् । शनिबार जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका महाबु गाउँपालिका–२ का वडा सदस्य पशुपति सुनारले जानकारी दिए । 

च्याउ खाएर १८ वर्षीय गणेश विक, १४ वर्षीय धर्मराज विक, १० वर्षका तिलक विक र १६ वर्षीया भगवती विक बिरामी परेका हुन् । दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ  ।

बुबा मानबहादुर विक र आमा कौशिला विक घाँसपात गर्न गएको बेला पकाइराखेको च्याउ खाँदा उनीहरु चारै जना बिरामी परेका हुन् । च्याउ खाएकामध्ये तिलकको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय