कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन: ‘पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न नदिने’

काठमाडौँ, २४ असार । संसद्को सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा नीति नेतृत्व र कार्यक्रम बदल्नुपर्ने आवाज गुञ्जिएको छ ।

जिल्ला सभापतिहरूको भेलामा नेताहरूले पार्टीको अवस्था बिग्रिएको भन्दै नेतृत्व सच्चिएर युवा पुस्तालाई आकर्षण गर्ने नीति, नेतृत्व र कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।जिल्ला सभापतिहरूको भेलालगत्तै पार्टी महामन्त्री गगन थापाले जिल्लाकै नेताहरूको सुझावलाई मनन गर्दै पार्टीमा नेतृत्व परिवर्तन गरी नयाँ नीति कार्यक्रम ल्याउनुको विकल्प नरहेको बताउनुभयो । अन्य दलहरूले मिसन २०८४ को एजेन्डा बोकेर हिँड्दै गर्दा नेपाली कांग्रेसले मिसन २०८० /८१ को तयारी गर्नुपर्ने बताउनुभयो ।

आगामी सरकारको नेतृत्व गर्दा पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक लगाउने अभियानमा चलाउँदै आएका थापाले पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न नदिने बताउनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका