सुडानमा हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु

एजेन्सी, २४ असार । सुडानको ओमदुरमान सहरमा भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा शनिबार आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा अज्ञात संख्यामा मानिसहरू घाइते भएका छन् ।

हवाई हमला राजधानी र अन्य ठाउँमा सेना र ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको सहरी क्षेत्रमा भएका झडपहरूमध्ये सबैभन्दा घातक थियो । गत महिना खार्तुममा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको थियो ।

आरएसएफले ओमदुरमानको आवासीय क्षेत्रहरूमा आक्रमणको लागि सेनालाई दोष लगाएको छ । जहाँ युद्धरत गुटहरू बीचको लडाइँ छ । सेनाले कथित रूपमा महत्वपूर्ण आपूर्ति लाइन काट्ने प्रयास गरेको थियो । “सेना प्रमुख अब्देल फताहे अल–बुरहानको नेतृत्वमा अतिवादी आतंकवादी मिलिशियाद्वारा गरिएको जानाजानी हवाई आक्रमणको घोर निन्दा गर्दछ”, आरएसएफ समूहले एक विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ