पशुपतिमा एकपछि अर्को बेथिति: मन्त्रीद्वारा आफ्ना कार्यकर्ता पोस्ने योजना

काठमाडौँ, २४ असार । हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरमा एकपछि अर्को बेथितिका घटना बढ्दै गएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको घटना सेलाउन नपाउँदै फेरि तिनै मन्त्रीले प्रतिस्पर्धा नगराईकन आफ्ना कार्यकर्तालाई पोस्ने गरी करिब डेढ करोड रूपैयाँको काम अमानतमा गराउन लागेका छन् ।

पशुपति विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराती र कोषका सदस्यसचिव डा। मिलनकुमार थापाको मिलेमतोमा अमानतमा काम गराउन १ करोड ५८ लाख ८४ हजार १ सय ६६ रूपैयाँ बजेट व्यवस्था गर्न लागिएको छ। ‘इमरजेन्सी’मा कुनै काम गर्नुपरे अमानतमा गराउने प्रचलन छ। तर पशुपतिमा मन्त्री किरातीको निर्देशन र सदस्यसचिव थापाको प्रस्तावमा अमानतमा काम गराउन लागिएको हो ।

सदस्यसचिव थापाले आइतबार आह्वान गरिएको बैठकमा विभिन्न काम अमानतमा गराइएको हुँदा खरिद प्रक्रिया पूरा गरी भुक्तानी दिनुपर्ने भएकाले बजेट व्यवस्था गर्न आवश्यक देखिएको भन्दै लिखित प्रस्ताव कोषका सदस्यलाई पठाएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका