कोसी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ, २४ असार । कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका हुन् । कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा पुगेको हो । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोसी प्रदेश, मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोसी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ