संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, २४ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । गत बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कारण संघीय संसद्का दुवै सदनको बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै एमालेले नेपालको प्रधानमन्त्री भारतले बनाउने भन्दै त्यसको जवाफ माग गरेको हो । सोही कारण बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा एमालेले अवरोध गरेको छ ।

आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल, संशोधनलाई निर्णयार्थ प्रस्तुत तथा  पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजै राष्ट्रियसभाको बैठक बिहान ११ः३१ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी

ललितपुर, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम

काठमाडौँ, १७ जेठ । अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधार माग गरेको बताउँदै मंगलबार बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ