काठमाडौँ, २३ असार । समाजवादी मोर्चाको नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गरिएको छ ।
आज नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चामा आबद्ध चार दलका नेताहरूको पहिलो बैठकबाट नीति र आचारसंहिता तय गर्न चार सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
आउँदो साउनमा सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने, त्यसको मितिका विषयमा कार्यदलले टुंगो लगाउने र असार २७ गते घोषणा गरिने उनले जानकारी दिए । हरेक ६र६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन गर्ने निर्णय पनि बैठकबाट गरिएको छ । अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चाको अध्यक्षता गर्ने निर्णय गरिएको उनले बताए ।