विपन्न तथा दलितका लागि निःशुल्क एम्बुलेन्स

लहान, २३ असार । लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । 

भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । “नगर सभाबाट आव २०८०/८१ मा पनि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ”, नगर प्रमुख चौधरीले भन्नुभयो, “यस सेवाबाट यहाँका गरिब, निमुखा, असहाय तथा दलित बिरामी पैसाको अभावमा अस्पतालसम्म पुग्न नसक्ने अवस्था अब अन्त्य हुन्छ ।” 

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई नियमित चेकजाँच गर्नको लागि स्वास्थ्य संस्था आउजाउ गर्नलाई सहज हुने विश्वास मेयर चौधरीले व्यक्त गर्नुभयो । लहान नगरपालिकामा करिब २० हजारभन्दा बढीको सङ्ख्यामा विपन्न दलितको बसोबास रहेको तथ्याङ्क रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ