ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’

काठमाडौँ, २२ असार । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिनाधितो प्र्रदान गर्ने बैंकले जनाएको छ । यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइने बैंकले उल्लेख गरेको छ । २१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आइएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले नेपाल, भारत र भुटान बाहेक मलेसिया, साउदीअरब, कतार, ओमान, यूएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरूलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध हुनेछ । उक्त कर्जाको अवधि १८ महिनाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय