एलओडीका अर्का सञ्चालक रुदिल पक्राउ

काठमाडौँ, २२ असार । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् ।

ललितपुर प्रहरी परिसरले आज बिहान श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो ।  गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १५ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।

यसअघि बिहीबार साँझ क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो । एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो । जेठ ३१ गते बिहान ४ बजे प्रहरीले नाबालिगलाई ललितपुरको एक फ्ल्याटबाट उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका

काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल

काठमाडौँ, ७ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले

काठमाडौँ, ७ असोज ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु