ललिता निवासबारे कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने भनेर सोध्नुपर्दैन, अगाडि बढ्नुस् : गृहमन्त्री

काठमाडौँ, २२ असार । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढ्ने बताएका छन् ।

आज काठमाडौंको एक कार्यक्रममा मन्त्री श्रेष्ठले अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने भनेर प्रहरीलाई भनेको बताए ।

उनले भने, ‘कानुनको दायरामा ल्याउने काममा निर्भिकतापूर्वक अगाडि बढ्नुपर्छ । व्यक्तिको बारेमा सोच्नुपर्दैन । गो अहेड भनिएको छ,’ ‘पुलिसलाई भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस् ।’

एउटा–एउटा केसमा र एउटा–एउटा व्यक्तिको बारेमा निर्देशन नदिने बताउँदै उनले भने, ‘कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने, अनुसन्धान गर्ने कि नगर्ने भनेर निर्देशन नपठाउन भनेको छ । जो अपराध छ, दुष्कर्म छ, ठगी छ, ती सब गतिविधिहरुका विरुद्ध अगाडि बढ्नुस्, स्वच्छ अनुसन्धान गर्नुस्, गम्भीर अनुसन्धान गर्नुस्, जो दोषी छ, तथ्य र प्रमाणले पुष्टि गर्छ तिनलाई कानुनको दायरामा ल्याउनुस् । यसमा सोध्नुपर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका

काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल

काठमाडौँ, ७ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले

काठमाडौँ, ७ असोज ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु