स्पेन जान खोज्ने एक हजार आप्रवासीको मृत्यु

एजेन्सी, २२ असार । पछिल्लो ६ महिनामा स्पेन प्रवेश गर्न खोज्ने झण्डै एक हजार आप्रवासीहरुको मृत्यु भएको खुलासा भएको छ ।

वाकिङ वोर्डर्स नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ को पहिलो ६ महिनामा समुद्री मार्ग हुदै स्पेन प्रवेश गर्न चाहने ९ सय ५१ जना आप्रवासीको मृत्यु भएको उल्लेख छ ।

यसरी मृत्युवरण गर्नेहरुमा ४९ जना बालबालिका रहेका छन् । ज्यान गुमाउने आप्रवासीहरुमा अल्जेरिया, क्यामरुन, कोमोरसप कंगो, इथोपिया, गिनी, आइभोरीकोस्ट, माली, मोरक्को, गाम्बिया, सेनेगल, श्रीलंका, सुडान र सिरियाका रहेको पनि सो संस्थाले जनाएको छ । प्रतिवेदन अनुसार हरेक दिन औसत पाँच जना आप्रवासीहरु स्पेन प्रवेश गर्न खोज्दा मर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना