जथाभाबी एन्टिबायोटिक

काठमाडौँ, २२ असार । मानिसको शरीरमा कीटाणु वा परजीवी संक्रमण भए तिनलाई मार्न चिकित्सकले एन्टिबायोटिक प्रयोगका लागि सिफारिस गर्छन् ।

कुनै पनि एन्टिबायोटिक दिनुअघि बिरामीको कल्चर तथा एन्टिबायोटिक प्रतिरोधी अवस्था जाँच गर्नुपर्ने हुन्छ।नेपालमा भने कुनै परीक्षणबिना कडा खालको एन्टिबायोेटिक ७० प्रतिशत बिरामीमा प्रयोग गर्ने गरेको पाइएको पछिल्लो एक अनुसन्धानले औंल्याएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो अनुसन्धानपछि तयार पारेको ‘नेपालमा एन्टिबायोटिकको प्रयोगको अवस्था तथा मूल्यांकनको रिपोर्ट’ले यस्तो औंल्याएको हो।

रिपोर्टअनुसार विश्व स्वास्थ्य संगठनले कुनै पनि एन्टिबायोटिक बिरामीलाई सिफारिस गर्दा तीन तहको मापदण्डभित्र रहेर दिनुपर्छ। जसअनुसार एक्सेस गु्रप (साधारण तह), वाच गु्रप अफ एक्सेस (जाँच गरेर मात्र दिन मिल्ने थप कडा खालको समूह) र रिजर्भ गु्रप (अन्तिम समयमा मात्र दिनुपर्ने समूह) मा एन्टिबायोटिकलाई विभाजन गरिएको छ ।

यी समूहमा १८० प्रकारका एन्टिबायोटिक समेटिएका छन् । यो समाचार आजक नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका