म किङ मेकर होइन : सरदार प्रितम सिंह

काठमाडौँ, २१ असार । सरदार प्रितम सिंहले आफु राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रस्ट पार्दै सिंहले प्रचण्डसँग राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै भएको बताए ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले भने, ‘प्रधानमन्त्री प्रचण्डसँग मेरो व्यक्तिगत सम्बन्ध मात्रै हो । जुन बेला मैले भेट्दा कुरा गरेको थिए । त्यो बेला हाम्रा गाडीहरू जलाइएका थिए । उहाँकी जेठी छोरी बिरामी भएपछि उपचार गर्न भारत गएकी थिइन्’ ‘उहाँ (प्रचण्ड) ले मलाई यस्तो दुःखको समयमा मेरो छोरीलाई सहयोग गर्नुभयो । त्यस हिसाबले मेरो पारिवारिक सम्बन्ध बाहेक अरू केही छैन । मैले अस्ति ५ वर्षपछि भेटे हुँला । त्यो बीचमा मैले भेटेको छैन ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका