परराष्ट्रमन्त्री र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ, २१ असार । परराष्ट्रमन्त्री एनपी साउदले अजरबैजानका राष्ट्रपति इल्हाम हैदर ओग्लु अलीयेवसँग शिष्टाचार भेट गरेका छन् ।

अजरबैजानको बाकुमा उनीहरूबीच भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री साउद असंलग्न राष्ट्रको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बाकु गएका हुन् । असंलग्न राष्ट्रको मन्त्रीस्तरीय बैठक सफलतापूर्वक सम्पन्न गरेकामा उनले अजरबैजानका राष्ट्रपतिलाई बधाई दिए ।

भेटमा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने, आपसी हित र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ