उपत्यकामा पाँच स्थानमा ट्राफिक पोस्ट थपिए

काठमाडौँ, २१ असार । काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोस्ट थप गरिएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोस्ट थपिएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौँका मूलपानी र धर्मस्थली, भक्तपुरका दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोस्ट थप गरिएको छ ।

पाँच पोस्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोस्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ । हाल काठमाडौँ उपत्यकाभित्र एक हजार ८१४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ । दरबन्दी भने एक हजार ११३ जनाको रहेको प्रवक्ता भट्टले बताए ।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । हाल वाग्मती प्रदेशभित्र १८ लाख ३५ हजार १८१ सवारीसाधन दर्ता छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय