दस वर्षयताकै लामो दिन आज

काठमाडौँ, २१ असार । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ ।

समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गरे । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

उनले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जान्छ भन्नुभयो । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । “पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ,” समितिका कार्यकारी निर्देशक डा. शर्माले भने, “पृथ्वी आफ्नो अक्षमा २३।५ डिग्री झुकेको हुनाले यस्तो हुन जान्छ । असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ ।” 

उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्