आजको मौसम

काठमाडौँ, २१ असार । हाल देशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर  सामान्यदेखि पूर्ण बदली रहेको छ । लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै  र बाँकी प्रदेशका एकदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी  र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, लुम्बिनी र सुदूरपश्चिम देशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ । विभागले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत  प्रभावित हुन सक्ने उल्लेख गरेको छ ।

भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ भदौ । गायिका आनी छोइङ डोल्मा मेची-महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्कँदैछिन् । असोज १५ गतेदेखि प्रधानमन्त्री

काठमाडौँ, २४ भदौ । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् ।  काठमाडौँ

काठमाडौँ, २३ भदौ । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट

काठमाडौँ, २३ भदौ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ । शनिबार