मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, २० असार । धनुषाको धनुषाधाम नगरपालिका–३, हनुमान मन्दिर नजिकै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय धनुषाधामका अनुसार मंगलबार बेलुकी मंगलपुरबाट सार्सातर्फ जाँदै गरेको ज १० प ५६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका धनुषाधाम–२, मंगलपुरका ६० वर्षीय रामनारायण मण्डललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । मोटरसाइकलसहित फरार रहेका चालकको खोजी कार्य भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ